राेल्पामा बस दुर्घटना हुँदा ४ जनाकाे ज्यान गयाे



राेल्पामा बस दुर्घटना हुँदा ४ जनाकाे ज्यान गयाे

राेल्पा  २ मंसिर । रोल्पाको माडी गाउँपालिका वडा नम्बर २ मा आज बिहीवार बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।

दुर्घटनामा तीन जना पुरुष र एक महिला गरी चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । ज्यान गुमाउनेको पहिचान भने खुलिसकेको छैन । घाइते ११ जनाको सुनिल स्मृति अस्पताल घर्ती गाउँमा उपचार भइरहेको छ ।

दाङको घोराहीबाट रोल्पाको थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस बेलुका साढे ६ बजे दुर्घटना हुँदा सडकबाट माडी खोलामा खसेको हो । प्रहरी जाँचमा बसमा १० जना भएको पाइए पनि बाटोमा थप मानिस पनि चढाएको हुन सक्ने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे