घोराहीकाे रझेनाबाट ४ लाख ६४ हजार नगद सहित २० जुवाडे पक्राउ



घोराहीकाे रझेनाबाट ४ लाख ६४ हजार नगद सहित २० जुवाडे पक्राउ

तुलसीपुर १५ कात्तिक । घोराहीको रझेनास्थित एउटा जुवा खालबाट प्रहरीले साढे चार लाख बढी नगदसहित २० जुवाडे जुवाडे पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १४ रझेनामा आइतबार राति ९ स्थानीय यज्ञ खड्काको घरमा कौडा खेलीरहेका २० जुवाडे पक्राउ पर्नुका साथै उनीहरुको साथबाट चार लाख ६४ हजार आठ सय ८१ रुपैंया नगद बरामद भएको जिल्ला प्रहरी प्रबक्ता मुकुन्द रिजालले फरककोणलाई बताए ।

प्रहरी निरिक्षक रामनारायण गुप्ताको कमाण्डमा खटिएको १६ जनाको प्रहरीले २० जुवाडेलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी प्रबक्ता रिजालले जानकारी दिए ।

दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ का ४२ बर्षीय यज्ञप्रताप बस्नेत, ५१ बर्षीय रामप्रशाद गिरी, २८ बर्षीय मानबहादुर बुढा मगर, ५० बर्षीय रगेन्द्र श्रेष्ठ, घोराही १४ का २९ बर्षीय लालबहादुर अमल, घोराही १५ का ५७ बर्षीय शरद लामिछाने, घोराही १२ का ५२ बर्षीय कुलराज वली, जुवाको खालबाट रोल्पा रुन्टीगढी गाउँपालिका ४३ बर्षीय रुपलाल बिक रहेका छन् ।

त्यस्तै घोराही १५ बा ५७ बर्षीय महाबिर वली, सोही ठाउँका ५२ बर्षीय चेतनाथ धिताल, ४६ बर्षीय सुवाश धिताल, ४२ बर्षीय विकाश खत्री, ४२ कै प्रमोद गौतम, घोराही ४ गोग्लीका ६२ बर्षीय श्रीधर अधिकारी, घोराही ५ का ५७ बर्षीय नबिन पछाँँई, घोराही १९ का ५६ बर्षीय इश्वर रायमाझी, घोराही १४ का २५ बर्षीय यज्ञ खड्का, घोराही १४ का २४ बर्षीय कमल घर्ती, घोराही १६ का ३४ का रबी गिरी र घोराही १८ का ४९ बर्षीय समिर लामा रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्लामा पछिल्लो समय जुवा बिरुद्धको कारबाही तीब्र पार्दै लगेको छ । तुलसीपुर र घोराही क्षेत्रबाट प्रहरीले पछिल्लो समय दिनहुँ जसो जुवा खालहरुमा छापा हानेर जुवाडेहरु पक्राउ गर्दे आएको छ । पक्राउ परेकाहरु बिरुद्ध जुवा ऐन अन्तरगत मुद्दा दायर गरि कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ ।

रझेनास्थित जुवा भइरहेको खड्काको घर जिल्ला प्रहरी कार्यालयदेखि झन्डै तीन किलो मिटर उत्तरमा पर्ने गर्छ । जुवाडेले प्रयोग गरेका चारवटा जति कारहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरी अधिकारीले नारायणपुरका एक ब्यक्तिले प्रहरीलाई झुक्याएर कारबाट लाखौं रकम लगेर भाग्न सफल भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे