देउखुरीको लालमटियामा वडा स्तरीय फुटबल प्रतियोगिता सुरु



देउखुरीको लालमटियामा वडा स्तरीय फुटबल प्रतियोगिता सुरु

लालमटिया १४ कार्तिक । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । तिहार तथा छठ पर्वको अवसर पारेर राप्ती गाउँपालिका वडा नम्बर २ को आयोजनामा आइतबार देखि वडा स्तरीय फुटवल प्रतियोगिता लालमटियाको टुडीखेल मैदानमा सुरु भएको हो ।वडा अध्यक्ष जगतबहादुर थापाको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष जगदम्वाकुमारी चौधरी र प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालको विशिष्ट आतिथ्यतामा प्रतियोगिता सुरु भएकोे हो ।१४ ओटा समुहले भाग लिएको फुटबल प्रतियोगिता आगामी कार्तिक १८ गते सम्म चल्ने भएको छ । फुटबल प्रतियोगितामा स्थानिय युवा क्लवले ब्यवस्थापन गरेको छ । वडा सदस्य बसन्त नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको खेल उद्घाटन कार्यक्रमको सञ्चालन वडा सचिव सिता भण्डारी आचार्यले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे