दाङका ३ जनामा कोरोना संक्रमण पुष्टि, ५ जना निको



दाङका ३ जनामा कोरोना संक्रमण पुष्टि, ५ जना निको

दाङ १४ कार्तिक । दाङमा आज कोरोनाका ३ जना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १५ जनामा गरिएको पिसिआर परिक्षणमा घोराहीका २ जना पुरुष र एक जना महिलामा कोरोना संक्रमण पुुष्टि भएको हो ।

यसैविच आज दाङका ५ जना मुक्त भएका छन् । संक्रमण मुक्त हुुनेमा घोराहीका ३ जना, तुलसीपुर र गढवाका एक/एक जना रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रले दाङले जनाएको छ । अहिले दाङमा कोरोनाका सकृय बिरामी ३७ जना रहेको छ । उनिहरु मध्य ३४ जना घरमा र ३ जना आईसियूमा उपचारत रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे