नेपाली काँग्रेस राप्तीले टोल बस्तीमा संगठन गर्दै सुभेच्छुक संस्था तथा भातृसंगठन विस्तार गर्ने



नेपाली काँग्रेस राप्तीले टोल बस्तीमा संगठन गर्दै सुभेच्छुक संस्था तथा भातृसंगठन विस्तार गर्ने

भालुवाङ १३ कार्तिक । नेपाली कांग्रेस राप्ती गाउँपालिकाको दोस्रो बैठकले टोल बस्तीमा संगठन विस्तार गर्ने निणर्य गरेको छ । नेपाली कांग्रेस राप्ती गाउँपालिकाका सभापति बिद्याशरण चौधरीको अध्यक्षतामा भएको १४ औ महाधिबेशन पछिको दोस्रो बैठकले ९ वटै वडाका हरेक टोलमा पार्टिको संगठन विस्तार गर्दै सुभेच्छुक संस्था तथा भातृसंगठन विस्तार गर्ने निणर्य गरेको हो ।

नेपाली कांग्रेस राप्ती गाउँपालिका पदाधिकारीहरुको बैठकले नेपाली कांग्रेसको विधानमा रहेर पालिका कार्यसम्पादन समिति छनौट गरेको छ । १७ सदस्यीय कार्यसम्पादन समितिमा सभापति विद्याशरण चौधरी ,उपसभापति स्यामा डाँगी रावत, गिरीराज भुसाल सचिव तिर्थराज ज्ञवाली, चैनकुमार चौधरी, कोषाध्यक्ष पूर्णजंग रेश्मीमगर, सह-सचिव, लक्ष्मण आचार्य शिरबहादुर कार्की र सदस्यहरु बलराम शाही, सुरेन्द्र भुसाल, सुधा कुमारी शाही, बसन्त अधिकारी, धनीराम पोख्रेल, प्रेमबहादुर. चौधरी, दीपक सुवेदी, गन्धर्व चौधरी र योगी कँवर रहेका छन् ।
बैठकले नेपाली कांग्रेस राप्ती गाउँपालिका संगठन विभाग प्रमुखमा निवर्तमान सचिव रहिसक्नु भएका पालिका सदस्य तथा कार्यसम्पादन समिति सदस्य वडा नं ३ का सुरेन्द्र भुसाललाई जिम्मेवारी दिएको छ ।

पार्टीको तर्फवाट नागरिकको सेवा र सुरक्षाका लागि सदैव क्रियाशिल रहेर काम गर्ने योजना सहित वडा सभापति युवराज भुसाल, श्रीधर खत्रि, पोमलाल गीरी, चुडामणी शर्मा, विश्वम्भर चौधरी, बिर बहादुर चौधरी, तपेश्वर चौधरीहरुले विचार ब्यक्त गरेकाे बैठकले राप्ती क्षेत्रका नेपाली कांग्रेसको तर्फवाट विजयी जनप्रतिनिधि संग छलफल कार्यक्रमको आयोजना गर्ने निणर्य गरिएको छ ।

उपसभापति गिरीराज भुसालको स्वागत बाट सुरु गरिएको बैठकमा सचिव तिर्थराज ज्ञवालीले आगामी कार्यक्रम तथा योजना र कोषाध्यक्ष पुण जंग रेश्मीले पार्टिको आर्थिक सुधार तथा पारदर्शिताको योजना प्रस्तुत गरेका थिए ।

बैठकले पार्टीको पालिका कार्यालयको नियमित संचालन तथा ब्यवस्थापनका लागि पालिका सदस्य तथा कार्यसम्पादन समिति सदस्य वडा न -४ का उमाकान्त अधिकारी बसन्तलाई कार्यालय सचिवको जिम्मेवारी दिएको छ । नेपाली कांग्रेस राप्तीले हरेक महिनाको दोस्रो शनीवार नियमित बैठक राख्ने निणर्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे