श्रीमतिको हत्या आरोप पछि श्रीमानले गरे आत्महत्या



श्रीमतिको हत्या आरोप पछि श्रीमानले गरे आत्महत्या

राेल्पा १३ कात्तिक । रोल्पामा श्रीमतिको हत्या आरोप पछि श्रीमानले आत्महत्या गरेका छन् । जिल्लाको नगरपालिका वडा नं। १० धवाङका ३८ बर्षीय प्रजित बुढा शुक्रबार बेलुका घर भन्दा केही पर झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन ।

प्रजितकी श्रीमति ४० बर्षीया पुष्पा बुढाको गत बैशाख ३१ गते भिरबाट लडेर मृत्यु भएको थियो ।धवाङ र मिरुलको भित्रि सडकको गोरेटो बाटोमा घाँसको भारी बोकेर हिडिरहेको समयमा उक्त दिन पुष्पा भिरबाट लडेपछि मृत्यु भएको श्रीमान प्रतिजले प्रहरीमा बताएका थिए ।

श्रीमन प्रजित र श्रीमति पुष्पा संगै हिडिरहेको समयमा श्रीमति लडेको बेहोरापनि प्रजितको बयानमा उल्लेख थियो । पुष्पा शब भिर भन्दा झन्डै एक सय मिटर तल फेला परेको प्रहरीले जनाएको छ ।

रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेश सुबेदीका अनुसार पोष्टमार्टम रिपोर्टमा भिरबाट लडेर मात्रै पुष्पाको मृत्यु नभएको भन्ने देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

पुष्पाको भित्री छातिमा गहिरो घाउ खत समेत देखिएपछि कतब्र्यको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको डिएसपी सुबेदीले बताए ।

त्यसमा आशंका गर्ने ठाउँहरु देखिएको हुँदा प्रहरीले उनलाई निगरानीमा राखेर अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका आधारमा प्रहरीले पुष्पाको कतब्र्य गरि हत्या भएको आशंकामा रोल्पा जिल्ला अदालतबाट श्रीमान प्रजितको बिरुद्ध पक्राउ पुर्जी जारी गराइ खोज तलास जारी राखेको थियो ।

आफ्ना बिरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थाहाँ पाएपछि प्रजित फरार बनेका थिए । उनले चार÷पाँच दिनदेखि मोवाइल स्वीचअफ गरेको डिएसपी सुबेदीले बताए । डिएसपी सुबेदीका अनुसार प्रजित शुक्रबार बेलुका घर भन्दा केही पर झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन ।

‘आफ्नै श्रीमतिलाई कतब्र्य गरि हत्या गरेको पोल खुल्ने डरका कारण श्रीमान प्रजितले आत्महत्या गरेको हुन सक्छ,’ डिएसपी सुबेदीले भने ‘शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रेउघामा राखिएको छ ।’

बाबु आमा दुबैको मृत्यु पछि बुढाको घरमा १२ र १३ बर्ष जतिका छोरा र छोरी मात्रै रहेको डिएसी सुबेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे