लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारुद्धारा भालुवाङ अस्पतालको सेवा शुभारम्भ



लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारुद्धारा भालुवाङ अस्पतालको सेवा शुभारम्भ

भालुवाङ १२ कार्तिक । प्रस्तावित भालुवाङ अस्पतालको सेवा शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले शुक्रवार अस्पतालको सेवा शुभारम्भ गरेका छन् ।दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको लालमटिया स्वास्थ्य चौकीको स्तरउन्नती भई ५० शैयाको प्रस्तावित भालुवाङ अस्पताल बनेपछि मन्त्री थारुले अस्पतालको सेवा शुभारम्भ गरेका हुन् ।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य सचिव विकास देवकोटा, पुर्व संविधान सभा सदस्य सुशिला चौधरी, डा. कसिम शाह, राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रवक्ता विद्याशरण चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा स्थानीय राजनैतिक दलका पार्टी प्रतिनीधि, जनप्रतिनिधि, संघ संस्थाका प्रमुख, नागरिक समाज, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो । अस्पतालले ल्याव सेवा, ऐक्सरे सेवा, अल्ट्रासाउण्ड र डक्टरी सेवा दिने बताइएको छ । स्वास्थ्य चौकीबाट अस्पताल बने पछि राप्ती गाउँपालिका सँगै छिमेकी जिल्ला प्युठान र अर्घाखाँचीका केहि वडाका स्थानीयहरु लाभन्धित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे