दाङकाे तुलसीपुरमा हिरा डाँगी स्मृति कप खुल्ला फुटबल प्रतियोगिता सुरु



दाङकाे तुलसीपुरमा हिरा डाँगी स्मृति कप खुल्ला फुटबल प्रतियोगिता सुरु

तुलसीपुर ११ कात्तिक । हिरा डाँगी स्मृति कप खुल्ला फुटबल प्रतियोगिता तुलसीपुरको अरनिको मैदानमा एक कार्यक्रम बिच बुधवारबाट सुरु भएको छ । कार्यक्रम हिरा डाँगी फाउण्डेशनको आयोजनामा सुरु भएको हो ।

हिरा डाँगी फाउण्डेसन तुलसीपुरका अध्यक्ष प्रकाश डाँगी बमको अध्यक्षतामा भएको प्रतियोगिताको उद्धघाटन कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेस तुलसीपुर नगर कमिटीका सभापती सुरेश हमाल, बिशिष्ठ अतिथी दाङका प्रमुख जिल्ला अघिकारी रामबहादुर कुरुम्वाङ, १९ नम्बर बाइनीका कर्णेल प्रकाश थापा, त्रिवेणी गाउँपालिका सल्यानका अध्यक्ष मान बहादुर डाँगी,दाङ जिल्ला फुटवल संघका अध्यक्ष सुशिल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान केन्द्र दाङका प्रमुख अर्जुन भण्डारी, ज्ञान ज्योति फाउण्डेशन तुलसीपुरका प्रमुख सुरेन्द्र जिशी रहेका थिए ।

बुधवार भएको शुरु खेलमा युएनडिसी क्लब घोराही र युनाईटेड युथ क्लब तुलसीपुर बिच पर्तिस्पर्धा भएको छ । खेलमा युएनडिसी क्लब घोराहीले ५–० को अन्तरले जित हासिल गरेको छ । युएनडिसीका बिरुद्घ युनाईटेड युथ क्लबले गोल गर्न सकेन । खेलका म्यान अफ द म्याच युएनडिसी क्लब घोराहीका एनजस रोक्काले हात पार्न सफल भएका छन् ।

आज बिहान ७ः०० बजे हुने भनिएको खेलमा एसएसएफए क्लब तुलसीपुर र मेघा क्लब घोराही बिच प्रतिस्पर्धा हुने भएको छ भने आज नै २ः०० बजे स्कसेस फुटबल क्लब तुलसीपुर र शान्तिनगर क्लब बिच प्रतिस्पर्धा हुने आयोजक समितिले जानकारी दिएको छ । प्रतियोगितामा भारतको साहारा फुटवल क्लब, नवलपरासीको फर ब्रोदर क्लब, रुकुम पश्चिमको रुकुम फुटबल क्लब र दाङका ८ टिम गरी जम्मा ११ वटा टिमले सहभागिता जनाएको खेल संयोजक मिग्मा चौधरीले जानकारी दिए ।

खेलमा प्रथम स्थान हासिल गर्ने टिमले नगद रु १ लाख २५ हजार मेडल प्रमाणपत्र र ट्रफि हात पार्नेछ भने खेलमा दोस्रो स्थान हासिल गर्ने टिमले नगद ६० हजार मेडल प्रमाणपत्र र ट्रफि हात पार्नेछ । त्यस्तै ब्यक्तिगत बिधातर्फ खेलभरका सर्वाधिक गोलकर्तालाई नगद ५ हजार, उत्कृष्ट खेलाडीलाई नगद ५ हजार, उत्कृष्ट गोलरक्षकलाई नगद ५ हजार, उत्कृष्ट स्टाईकरलाई नगद ५ हजार र उत्कृष्ट डिभेन्सरलाई नगद ५ हजार प्रदान गरिने आयोजक समितीले जानकारी दिएको छ । यस्तै हरेक खेलमा पहिलो गोल गर्ने खेलाडीलाई जनही २ हजार र मेन अफ द म्याच खेलाडीलाई जनही नगद १५ सय प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे