म्यानमारमा सैन्य सत्ताको विरुद्ध विरोध बढ्दै



म्यानमारमा सैन्य सत्ताको विरुद्ध विरोध बढ्दै

काठमाण्डाै  ११ कात्तिक । म्यानमारमा सैन्य सत्ताको विरुद्ध विरोध बढ्दै गएको छ । कयौँ ठाउँमा प्रदर्शनहरु भएका छन् भने कतिपय ठाउँमा बम विस्फोटका घटनाहरु भएका छन् । हिजो मात्रै प्रहरी कार्यालय आसपासका पाँच ठाउँमा बम विस्फोट भएको  बीबीसीले जनाएको छ ।

अपर बर्मा बताउने एक समूहले बम विस्फोटको जिम्मा लिएको छ । बम विस्फोटको घटनामा संलग्न भएका केहीलाई  प्रहरीले पक्राउ गरेको छ ।  संयुक्त राष्ट्र सङ्घले र अन्य पर्यवेक्षकहरुले  बढ्दै गएको अशान्तिले  म्यानमारमा  गृह युद्ध हुन सक्ने भन्दै चेतावनी दिएको छ । गएको फेब्रुअरीमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि म्यानमारमा विरोध प्रदर्शनहरू हुँदै आएका छन्  ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे