एमालेको पालिका अधिवेशन आज : ओलीले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्दै



एमालेको पालिका अधिवेशन आज : ओलीले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्दै

काठमाण्डाै ९  कात्तिक । बाढी पहिरो तथा डुबान प्रभावित बाहेकका क्षेत्रमा नेकपा एमालेको पालिका अधिवेशन आज हुँदैछ । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय, थापाथलीबाट १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भएका छन्।

पालिका अधिवेशनको उद्घाटनका लागि प्राविधिकलगायत तयारी पूरा भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा भने आज अधिवेशन हुने छैन । प्रभावित धेरैजसो जिल्लामा आउँदो १५ गते अधिवेशन गर्ने तयारी भएको उनले जानकारी दिए । एमालेको वडा अधिवेशन पनि बाढी प्रभावित क्षेत्रमा रोकिएको छ ।

धेरैजसो जिल्लामा १२ गते वडा अधिवेशन गर्ने तयारी भएको छ । अन्य क्षेत्रमा भने गएको ६ गते नै वडा अधिवेशन भएको थियो  । एमालेले १० औँ राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १३ गतेसम्म चितवनमा हुँदैछ ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न एमालेले पर्सि स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे