रेडियो राप्ती तथा राप्ती टेलिभिजनमा दशैको शुभकामना आदान प्रदान कार्यक्रम



रेडियो राप्ती तथा राप्ती टेलिभिजनमा दशैको शुभकामना आदान प्रदान कार्यक्रम

लालमटिया २६ असोज । देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा रेडियो राप्ती तथा राप्ती टेलिभिजन कर्मचारी परिवारले सोमवार आफ्नै कार्यालयमा बडा दशैंको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

स्टेशन म्यानेजर ओमप्रकाश गुप्ताको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्ने वक्ताहरुले सञ्चारकर्मीहरुको क्षमता विकासमा दुर्गा भुवानीले उर्जा प्रदान गरुन् भन्ने कामना गरेका थिए ।

प्रमुख समाचार बाचिका अंशु बोहराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा रेडियोका शुभचिन्तक लालमणी भुसाल, प्राविधिक तथा लेखा प्रमुख अरुण पौडेल, कार्यक्रम प्रस्तोताहरु हुमा सुनार, किरण जिसी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सहायक स्टेशन म्यानेजर तथा सहायक समाचार प्रमुख सन्तोषकुमार गुप्ताले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे