टुँडिखेलमा फूलपाती बढाइँ गर्न राष्ट्रपति जाने



टुँडिखेलमा फूलपाती बढाइँ गर्न राष्ट्रपति जाने

काठमाण्डाै २६ असाेज । नेपाली सेनाले परम्परागत रूपमा फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो साढे ३ बजे सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा पुग्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।

यो अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गर्नेछ । सैनिक हेलिकप्टरले पुष्पवृष्टिका साथै सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत हुनेछ ।त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ हुनेछ  ।

कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण यसपालि पनि फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सानो र छरितो गर्ने तयारी छ ।  समारोहमा उपस्थित सबै पाहुनालाई मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे