सञ्चारकर्मी गिरीले आफ्नो जन्म दिन दृष्टिविहिनहरुलाई मिष्ठान्न भोजन खुवाएर मनाए



सञ्चारकर्मी गिरीले आफ्नो जन्म दिन दृष्टिविहिनहरुलाई मिष्ठान्न भोजन खुवाएर मनाए

लालमटिया २६ असोज । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा रहेको रेडियो राप्ती तथा राप्ती टेलिभिजनमा कार्यरत सञ्चारकर्मी विरेन्द्र गिरीले सोमवार २३ औँ जन्म दिन मनाएका छन् । उनले लालमटियामा रहेको दृष्टिविहिनहरुलाई छात्राबासमा गई मिष्ठान्न परिकार बनाएर खुवाएका छन् ।

जन्म दिन मनाउने फरक फरक तरिका छन् । तर उनले आफु दृष्टिविहिन भएकाले दृष्टिविहिनहरुलाई लक्षित गरी दशैंका बेला एक छाक मिठो मसिनो खाना नपाएका दृष्टिविहिन विद्यार्थीहरुलाई आफ्नै हातबाट मिठामिठा परिकार बनाएर खुवाउनु पर्छ भन्ने सोच राखेर मिष्ठान्न परिकार बनाएर खुवाएका हुन् । हाल गिरी रेडियो राप्तीमा कार्यक्रम उत्पादन तथा विज्ञापन प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

उनले ३० बढी रेडियोबाट प्रसारण हुने बहुचर्चित कार्यक्रम लोकसारथी कार्यक्रम सञ्चालन गर्दै आएका छन् । त्यस्तै उनले प्रतिभा विषेश, अवधी भाषाको कार्यक्रम घरद्धार, गुडनाइट लगायतका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । कपिलवस्तु नगरपालिका वडा नम्बर ५ दल्दलहाँ निवासी गिरी हाल राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित ऐरावती आदर्श बहुमुखी क्याम्पसमा ब्याचलर प्रथम वर्षमा अध्ययरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे