देशभर बिहिबार थप थपिए ८०५ जनामा कोरोना संक्रमण पुष्टि, ९११ जना निको, ८ जनाको मृत्यु



देशभर बिहिबार थप थपिए ८०५ जनामा कोरोना संक्रमण पुष्टि, ९११ जना निको, ८ जनाको मृत्यु

काठमाडौं २१ असोज । देशभर बिहिबार थप ८ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार २ सय ६४ नमुनाको पीसीआर परीक्षणमा ६ सय ६७ जना र ३ हजार ४ सय ८ नमुनाको एन्टिजेन परीक्षण गर्दा १ सय ३८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहिबार कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने ९ सय ११ जना निको भएका छन् । नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९३ हजार ७२  पुगेको छ । तीमध्ये कोरोना संक्रमणबाट हालसम्म ११ हजार २ सय जनाको मृत्यु भएको छ भने ७ लाख ७३ हजार १ सय ४० जना संक्रमणमुक्त भएका छन् ।

देशभर रहेका सक्रिय संक्रमितमध्ये १४ हजार ७ सय २८ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै १ हजार २ सय १४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३ सय २९ जनाको आईसीयू र १ सय १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

बिहिबार थपिएका संक्रमितमध्ये २ सय ९४ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २ सय ७, ललितपुरका ५३ र भक्तपुरका ३४ जना छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १ सय ३६, प्रदेश २ मा ११ र बागमती प्रदेशमा ३ सय ३५ जना संक्रमित थपिएका छन् । यस्तै गण्डकीमा ८८, लुम्बिनीमा ६४, कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे