नेपालमा थप १०४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, १२ जनाकाे मृत्यु



नेपालमा थप १०४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, १२ जनाकाे मृत्यु

काठमाण्डाै २० असाेज । पछिल्लो २४ घण्टामा एक हजार ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिको परीक्षणबाट आठ सय ४९ र एन्टिजेन विधिको परीक्षणबाट एक सय ९४ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १५ हजार चार सय ६५ जनाको नमूना परीक्षण गरिएको थियो । अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट सात लाख ९९ हजार ६ हजार १५ जना र एन्टिजेन विधिबाट गरेको परिक्षणमा ९२ हजार ६ सय ५२ जना गरी आठ लाख ९२ हजार २ सय ६७ जनाका कोरोना पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा आठ सय ९१ जना निको भएसँगै कोरोनामुक्त हुनेको संख्या सात लाख ७२ हजार दुई सय २९ जना पुगेको छ । थप १२ जना सहित कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार एक सय ९२ जना पुगेको छ । अहिले देशभर १६ हजार एक सय ९४ जना सक्रिय संक्रमित रहेकामा तीन सय ३८ जनाको आईसीयूमा र एक सय १५ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे