दाङमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि



दाङमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

दाङ २० असोज । दाङमा बुधवार थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १५ जनाको पिसिआर परिक्षण गर्दा ३ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधवार संक्रमित हुनेहरुमा घोराहीका चार जना र एक जना तुलसीपुरका रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच बुधवार ३ जना कोरोना मुक्त भएका छन् र मुक्त हुनेमा तुुलसीपुरका २ र लमहीका एक जना रहेका छन् । अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या ६९ जना रहेको छ । ति मध्य ५६ जना घरमा, ४ जना आईसीयूमा र ९ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे