दशै, तिहार र छठ पर्वलाई लक्षित गरी सिसहनियाँ बजार सरसफाई



दशै, तिहार र छठ पर्वलाई लक्षित गरी सिसहनियाँ बजार सरसफाई

सिसहनियाँ २० असोज । दशै, तिहार र छठ पर्वलाई लक्षित गरी राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले आज विहान सिसहनियाँ बजार सरसफाई गरेको छ । राप्ती गाउँपालिका, ५ नम्बर वडा कार्यालय र प्रगतिनगर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समुह सिसहनियाँको सहयोगमा सरसफाई गरिएको हो ।

चेम्बरका अध्यक्ष कुमार अधिकारीको नेतृत्वमा सिसहनियाँ स्वास्थ्य चौकी परिसर र बजार क्षेत्रमा सरसफाई गरि त्यहाँबाट उठेको फोहरलाई व्यवस्थापन समेत गरिएको छ । लामो समय देखि बजार सरसफाई नहुँदा बजार क्षेत्र दुर्गन्धित बन्दै जान थालेले चाडपर्वलाई लक्षित गरी बजार सरसफाई गरिएको महासचिव शेषकान्त आचार्यले जानकारी दिएका छन् ।

सरसफाई कार्यक्रममा चेम्बरका पदाधिकारी, राप्ती गाउँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडा अध्यक्ष विद्याशरण चौधरी, ५ नम्बर वडा अध्यक्ष गोवर्धन रावत, प्रहरी चौकी सिसहनियाँका प्रमुख बत्तीकुमार पोख्रेल सहितका प्रहरी जवान, प्रगतिनगर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समुहका अध्यक्ष शान्तराज शर्मा, सल्लाहकार गोविन्द कुवर र स्थानीय युवा, व्यपारीहरुको सहभागिता रहेको थियो ।

यसै बिच भोली पिपरी बजार र शनिवार मौरीघाट देखि भालुवाङ बजार सम्म सरसफाई गरिने चेम्बरका प्रथम उपाध्यक्ष मनु बेल्वासेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे