राप्ती गाउँपालिकाको भालुवाङ र सिसहनियाँमा नागरिक सहायता कक्ष स्थापना



राप्ती गाउँपालिकाको भालुवाङ र सिसहनियाँमा नागरिक सहायता कक्ष स्थापना

सिसहनियाँ २० असोज । दशै तिहार र छठ पर्वलाई मध्यनजर गरी भालुवाङ र सिसहनियाँमा नागरिक यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

चार्डपर्वका समयमा मानिसहरुको आवात जावत एवं सवारी साधनहरुको चाप बढ्दै जाने र बजार क्षेत्रका टिकट काउन्टरमा हुने भिडभाड, बढी भाडा लिने, यात्रु ठगिने कार्यलाई नियन्त्रण र नागरिकहरुलाई आईपर्ने समस्याहरुको तत्काल सुनुवाई गर्ने उद्देश्यमा साथ यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरी चौकी सिसहनियाँका प्रमुख बत्तीकुमार पोख्रेलले जानकारी दिनु भएको छ । भालुवाङमा प्युठान जाने बाटो र सिसहनियाँमा सार्वजनिक प्रतिक्षालयमा नागरिक सहायकता कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे