दाङकाे तुलसीपुरमा हाइसले ठक्करदिदा मोटरसाईकल चालक गम्भीर घाइते



दाङकाे तुलसीपुरमा हाइसले ठक्करदिदा मोटरसाईकल चालक गम्भीर घाइते

तुलसीपुर १८ असोज । दाङकाे तुलसीपुर स्थीत मोतिपुरमा हाइसले ठक्कर दिदा मोटरसाईकल चालक गम्भिर घाइते भएका छन् । गम्भिर घाइते हुनेमा सल्यानको कपुरकोट गाउँपालिका–१ गपा निबासी मोतिलाल बुढामगरका छोरा १८ बर्षका समयोग बुढामगर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख झलक प्रसाद शर्माले जानकारी दिएका छन् ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।घाईतेको टाउकोमा चोट लागेको छ । तुलसीपुरबाट काठमान्डौका लागि छुटेको बा३ख ४४५२ नम्बरको हाइसले मोतिपुरको पेट्रोलपम्प नजिकै रा३प ३९०२ मोटरसाईकललाई बिहान ६ बजे ठक्कर दिएको थियो । घाइतेलाई रिफर गरिएपनि आफन्त नआएका कारण प्रादेशिकमा नै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे