राप्ती गाउँपालिकामा राप्ती प्रेस मञ्च गठन, नव गठित मञ्चको अध्यक्षमा अधिकारी चयन



राप्ती गाउँपालिकामा राप्ती प्रेस मञ्च गठन, नव गठित मञ्चको अध्यक्षमा अधिकारी चयन

भालुवाङ १७ असोज । दाङ देउखुरीको राप्ती गाउँपालिकामा क्रियाशिल सञ्चारकर्मीहरुको एक भेलाले राप्ती प्रेस मञ्च गठन गरेको छ । भालुवाङ सञ्चार सेवा प्रालि द्धारा सञ्चालित रेडियो राप्ती तथा राप्ती टेलिभिजन कर्मचारी परिवारको आयोजना एवम् नेपाल पत्रकार महासंघ दाङ शाखाको समन्वय र होटल पौवाको सहयोगमा आइतवार राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको होटल पौवा आयोजित राप्ती गाउँपालिका स्तरीय पत्रकार भेला तथा प्रशिक्षण कार्यक्रमले महेश रिजाललाई प्रमुख संरक्षकमा राखेर अर्जुन अधिकारीको अध्यक्षतामा १ सदस्यीय पछि मनोनयन गर्ने गरी १५ सदस्यीय समिति गठन गरेको छ ।

जसमा वरिष्ठ उपाध्यक्षमा सन्तोषकुमार गुप्ता, उपाध्यक्षमा बासुदेव न्यौपाने र जमिर शाहा, महासचिवमा ओमप्रकाश गुप्ता, सचिवमा भिसुन शाही, कोषाध्यक्षमा अंशु बोहरा रहनु भएको छ । त्यसै गरी सदस्यहरुमा किरण जिसी, विरेन्द्र गिरी, इराधा झार्की मगर, रितु राना, लोकमणी भुसाल र हुमा सुनार रहनु भएको छ ।
भने नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, सहसचिव दशरथ घिमिरे र जेष्ठ पत्रकार धर्मराज शर्मालाई सल्लाहकारमा चयन गरिएको छ ।

रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेशन म्यानेजर ओमप्रकाश गुप्ताको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यता र केन्द्रिय पार्षद महेश रिजालको विशिष्ट आतिथ्यतमा भएको भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष केसीले पत्रकारले जहिले पनि समाचार लेख्दा बोलीचालीको भाषा प्रयोग गर्नुपर्ने बताए ।

साथै उहाँले सञ्चार माध्यममा काम गर्ने सञ्चारकर्मीले अन्तरवर्ता लिदा अन्तरवार्ता दिने व्यक्तिलाई धम्काउने नभई सहजीकरण गर्ने बताए । प्रमुख अतिथि समेत रहेका अध्यक्ष केसीले पछिल्लो समय युटुवरका कारण पत्रकारहरुको बदनाम भइरहेको बताउँदै अध्यक्ष केसीले युटुवर कहिल्यै पत्रकार हुन नसक्ने बताए ।

सञ्चार माध्यममा काम गर्ने व्यक्ति मात्र पत्रकार भएको उल्लेख गर्दै अध्यक्ष केसीले पत्रकारितामा आउने विषयवस्तु र सोसल मिडियामा आउने सामाग्रीमा ठुलो अन्तर रहेको बताए । पत्रकार अर्जुन अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेशन म्यानेजर तथा सहायक समाचार प्रमुख सन्तोषकुमार गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे