राप्ती गाउँपालिका स्वास्थ्य क्षेत्रमा दाङकै उत्कृष्ट पालिका छनौट



राप्ती गाउँपालिका स्वास्थ्य क्षेत्रमा दाङकै उत्कृष्ट पालिका छनौट

भालुवाङ १७ असोज । राप्ती गाउँपालिका स्वास्थ्यको क्षेत्रमा दाङकै उत्कृष्ट पालिका छनौट भएको छ । गत आर्थिक वर्षको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य सफलता प्राप्त गरेको कारण जनस्वास्थ्य कार्यालय दाङले जिल्ला स्तरिय बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रममा राप्ती गाउँपालिकालाई उत्कृष्ट पालिकाको रुपमा सम्मानित गरेको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

स्वास्थ्य क्षेत्रमा ९ सुचकमा रहेर मुल्याङक गर्दा ६५ अंकमा ४७.८६ अंक प्राप्त गरि राप्ती गाउँपालिकाले प्रथम स्थान हासिल गरेको हो ।
स्वास्थ्य क्षेत्रमा खोपको अवस्था, आमा सुरक्षा, परिवार नियोजन, ईन टाईम रिपोटिङ, सरुवा रोग नियन्त्रण, पोषण कार्यक्रम लगायतका विषयमा उत्कृष्ट कार्य गरेकोले राप्ती गाउँपालिका स्वास्थ्य क्षेत्रमा दाङकै उत्कृष्ट पालिका छनौट भएको हो ।

स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गर्न सफल भई दाङमै पहिलो पालिका भएकोमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले खुसी ब्यक्त गर्दै सम्पुर्ण विरामीको सेवामा खटिनु भएका तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु तथा कर्मचारीहरुलाई धन्यवाद तथा बधाई दिएका छन् । अध्यक्ष सुवेदीले नागरिकको नैसर्गीक अधिकार स्वास्थ्य उपचार तथा स्वास्थ्य रक्षा गर्न हामी सबै जनप्रतिनिधि तथा स्वास्थ्य कर्मी कटिबद्ध हुनुपर्ने बताएका छन् । स्वास्थ्य जस्तो सम्बेदनशिल विषय तथा कोभिडको महामारीमा समेत निरन्तर कार्यमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई स्वास्थ्य शाखा प्रमुख नारायण राउतले धन्यवाद प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे