आज ६६ औँ प्रहरी दिवस : तुलसीपुरका पैदल यात्रुलाई मास्क वितरण



आज ६६ औँ प्रहरी दिवस : तुलसीपुरका पैदल यात्रुलाई मास्क वितरण

तुलसीपुर १७ असोज । ६६ औँ प्रहरी दिवसको अवसरमा तुलसीपुरमा तपाईको माक्स खोई अभियान सञ्चालन गरिएको छ । सो अवसरमा वीरेन्द्र चोक आसपासमा माक्स नलगाएका पैदल यात्रु,विद्यार्थी,गाडि चालक र सर्बसाधारणहरुलाई नेपाल प्रहरी, ट्राफिक प्रहरी लगाएत बिभिन्नसंघ संस्थाका पदाघिकारीहरुले माक्स बितरण गरेका छन ।
कोरोना संक्रमण केहि कम भएको भएपनि जोखिम कायमै रहेको भन्दै प्रहरीले तपाईको माक्स खोई अभियान लुम्बिनि प्रदेशका प्रायजसो सबै जिल्लामा सञ्चालनमा ल्याएको हो । आउदै गरेक प्रहरी दिवसका अबसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय तुलसीपुर, तुलसीपुर उधोग बाणिज्य सघ, ट्राफिक प्रहरि कार्यालय, रिपोटर्स क्लब दाङको सयुक्त आयोजनामा कार्याक्रम सञ्चालन गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (डिआईजि )मुकुन्द राज आचार्यले जानकारी दिए ।

माक्स बितरण कार्यक्रमा उनले कोरोनाको संक्रमणबाट बाच्न माक्सको अनिवार्य प्रयोग गर्नुपर्ने बताए । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी कोरोनाबाट बचौँ कोरोनाले कसैलाई पनि चिन्दैन कोरोनाले न त बुढो भन्छ न त जवान नै भन्छ भन्दै उनले सर्बसाधारणहरुलाई माक्स लगाउन प्रेररित गरे ।तपाईको माक्स खोई अभियानमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक मुकुन्दराज आचार्य, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रशाद चालिसे, उपाध्यक्ष ललित जंग शाह,रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेन्द्र सिंह खड्का, ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमिक्त कार्यालय प्रमुख प्रहरी निरिक्षक रन्जन स्वा्र, लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे