लमहीको राताेडाँडामा यात्रुबाहक बस पल्टिदा ७ जना घाइते



लमहीको राताेडाँडामा यात्रुबाहक बस पल्टिदा ७ जना घाइते

लमही १७ असोज । पुर्व काँकडभिट्टा देखि महेन्द्रनगर जाँदै गरेको मे १ ख ३२८८ नम्बरको यात्रुवाहक बस लमहीको राताेडाँडामा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइतेहरुको नाम ठेगाना खुल्न सकेको छैन् ।

दुई जनाको टाउकोमा चोट लागेको छ भने अन्य ५ जना सामान्य घाइते भएका छन् । आइतबार दिउँसो २ बजेको समयमा अगाडिको टायर पड्किदा बस अनियंत्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाइतेहरुको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ । बस सहचालकले गुडाई रहेको भन्ने बुझेका छौं, उनीहरु दुबै जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालयका प्रमुख राजन पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे