अखिल (छैंठौ) दाङको अध्यक्ष लक्ष्मण विश्वकर्मा



अखिल (छैंठौ) दाङको अध्यक्ष लक्ष्मण विश्वकर्मा

दाङ १७ असाेज । अखिल (छैठौं) दाङको शनिवार घाेराहीमा भएकाे १६ औँ जिल्ला सम्मेलनले लक्ष्मण विकको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सरिता पुन, सचिव दिनेश रैदास, सहसचिवमा गौतम चौधरी र कोषाध्यक्षमा सुनिता आचार्य रहेका छन् ।

त्यस्तै, सदस्यमा तिर्सन केसी, सुष्मा चौधरी, हेमन्त जिसी, निर्मला खनाल, शिव बन्जाडे, तुलसीराम भट्टराई, प्रतीक्षा भण्डारी, सृजना जिसी रहनुभएको छ भने दुई स्थान रिक्त रहेको छ। त्यसै गरी वैकल्पिक सदस्यमा सङ्गीता बिक, भुमा बूढा, केशरी शर्मा र एक स्थान रिक्त रहेको छ।

अखिल छैंठौका जिल्ला अध्यक्ष ध्रुव बेल्बासेको अध्यक्षता एव सङ्गठनका केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुवरको प्रमुख आतिथ्ययतामा  सम्मेलन सम्पन्न भएको हो ।  सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि  कुवरले राष्ट्रघाती एमसिसी विरुद्ध सबै विद्यार्थी एकजुट भएर सडकमा उत्रने बेला आएको बताए। विद्यार्थी सचेत तप्का भएकाले राजनीतिलाई सही प्रकारले बुझ्ने क्षमता विद्यार्थीमा हुनुपर्ने आवश्यकता औँल्याए ।

सम्मेलनमा अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेल, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, जातीय समता समाजका केन्द्रीय उपाध्यक्ष तथा दाङका अध्यक्ष टिका विक, अखिल (छैठौ) केन्द्रिय सदस्य वसन्त आचार्य, अखिल नेपाल युवक सङ्घका दाङ जिल्ला सदस्य डोर बहादुर के सी, जनजाति सम्मेलन दाङ जिल्ला अध्यक्ष राम बहादुर जिएम, अखिल (छैंठौ) लुम्बिनी प्रदेश सदस्य रिसव आचार्य, अखिल नेपाल महिला सङ्घ दाङ जिल्ला अध्यक्ष पूर्णिमा आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए । सरिता पुनको स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सञ्चालन लक्ष्मण बिकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे