तुलसीपुरको टरिगाउँमा खुला फुटबलको उपाधी ज्ञानज्योतीलाई



तुलसीपुरको टरिगाउँमा खुला फुटबलको उपाधी ज्ञानज्योतीलाई

तुलसीपुर १७ असोज । दाङ तुलसीपुरको टरिगाउँमा जारी जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको खुला फुटबल प्रतियोगिता २०७८ को उपाधी ईनोभेटिभ ज्ञानज्योति तुलसीपुरले जितेको छ । टरिगाउँ युवा क्लब तुलसीपुर १२ को आयोजनामा संचालित प्रतियोगिताको सनिबार सम्पन्न फाईनल खेलमा युनाईटेड युथ क्लब तुलसीपुरलाई शुन्यकाविरुद्ध ५ गोलको फराकिलो अन्तरले पराजित गर्दै ज्ञानज्योतीले उपाधी जितेको हो ।

उपाधीसंगै उसले नगद एक लाख पन्ध्र हजार, कप, मेडल तथा प्रमाणपत्र हात पा¥यो । फाईनलमा पराजय ब्यहोरेको युनाईटेड उपबिजेतामा सिमित रहदै नगद ५० हजारमा चित्त बुझाउन बाध्य भयो । उल्लेख्य दर्शकले भरिएको टरिगाउँ खेल मैदानमा भएको खेलमा जर्सी नं. १९ का बिनोद केसीले दुई गोल गरे । त्यस्तै जर्सी नं. १० का निशान डाँगी र किरण योगिले एक/एक गोल गरे ।

स्थानिय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीको पहिचान तथा विकासमा टेवा पु¥याउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगिताको समापन समारोह क्लबका अध्यक्ष कबिन रजौरेको अध्यक्षता तथा दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो ।

सो अबसरमा विजेता, उपविजेता र सेमिफाइनल खेलबाट बहिरिएका टिम तथा उत्कृष्ट खेल प्रदर्शन गर्ने, ज्ञानज्योती क्लबका निशान डाँगी वेस्ट प्लेयर खेलाडी, वेस्ट स्कोरर बिनोद केसी, वेस्ट किप्पर प्रतीक रसाईली, वेस्ट डिफेन्स बिजय सिंह ठकुरी लाई कार्यक्रमका प्रमुख अतिथी,अतिथी लगाएतले नगद सात हजार पाँच सय पुरस्कार प्रदान गरेका थिए ।  कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए । प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे