गढवा गाउँपालिकाद्धारा नाका क्षेत्रका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण



गढवा गाउँपालिकाद्धारा नाका क्षेत्रका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

गढवा १६ असोज । गढवा गाउँपालिकाको शिक्षा शाखाले कोइलाबासको महेन्द्र आधारभूत बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि नाका क्षेत्रका तिन बिद्यालयका कक्षा १ देखि ५ सम्मका ७० बढी बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

प्रति विद्यार्थी १०÷१० थान कापि र एक जोडी डे«स वितरण गरेको शिक्षा शाखा प्रमुख श्याम बिकले जानकारी दिनुभयो । महेन्द्र आधारभूत बिद्यलय कोइलाबासका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ध्रुवरत्न तुलाधरको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले बिद्यार्थीहरुलाई कापि तथा डे«स वितरण गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै निम्न आयस्तर भएका नाका क्षेत्रका बिद्यार्थीहरुलाई पढ्ने हौसला प्रदान गर्न गाउँपालिकाले डे«स र कापि वितरण गरेको उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शान्ती चौधरीले बताइन्। कार्यक्रममा गाउँपालिकाका शिक्षा प्रमुख श्याम बिक,पत्रकार शिबराज पन्थी र महेन्द्र आधारभूत बिद्यालयका शिक्षक दिपेन्द्र खड्का लगायतले बाेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे