गढवामा राष्ट्रिय जनमोर्चाको विरोध सभा



गढवामा राष्ट्रिय जनमोर्चाको विरोध सभा

गढवा १६ असोज । राष्ट्रघाति एमसिसि र संघियताको बिरोध गर्दै राष्ट्रियताको पक्षमा देशब्यापि आन्दोलन गर्दै आएको राष्ट्रिय जनमोर्चाले शुक्रवार देउखुरीको गढवामा पनि बिरोध प्रदर्शन सहित कोणसभा सम्पन्न गरेको छ ।

राजमो गढवाका अध्यक्ष कपिलदेव खनालको अध्यक्षता र पार्टीका लुम्बिनी प्रदेश सदस्य रेशम बिसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राजमो दाङका सल्लाहकार गुणनिधी शर्मा,अखिल नेपाल महिला संघ दाङका सदस्य उमा पन्थी र राजमो गढवाका इन्चार्ज दिनमणि आचार्य लगायतले बोलेका थिए ।

कार्यक्रममा बोल्दै राजमोका नेता रेशम बिसीले नेपालका लागि एमसिसि संझौता राष्ट्रघाति भएको र संघियता देश थाम्नै नसक्ने घाँडो भएको आरोप लगाए । संघियताको खारेजी र एमसिसि को बिरोध गर्दै आएको राजमोले देशब्यापि रुपमा यसको बिरुद्ध नेपाली जनतालाई सचेतिकरण गर्दै आइरहेको उनले बताए ।

राजमो गढवा ६ का अध्यक्ष खुमानन्द पोखे्रलको स्वागत मन्तब्यबाट सुरु भएको बिरोधसभाको संचालन राजमो गढवाका सचिव एवं दाङ जिल्ला सदस्य टुकमान कँवरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे