प्युठानमा बसको ठक्करबाट एक जनाको मृत्यु



प्युठानमा बसको ठक्करबाट एक जनाको मृत्यु

प्युठान १६ असोज । प्युठानमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्य हुनेमा प्युठान नगरपालिका वडा न. ७ बडडाँडा बस्ने ५५ बर्षीय हुकुमे सार्की रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

शनिबार दिउँसो १ बजे लमहीबाट प्युठान जाँदै गरेको ना ४ ख ५१९४ नम्बरको बसले मल्लरानी ४ स्थित ठक्कर दिदा सार्कीको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल बिजुवारमा राखिएको छ भने ठक्कर दिने गाडि र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे