पूर्व जनमुक्ति सेनाका प्लाटुन कमान्डर एमालेमा प्रवेश,दुई जनप्रतिनिधी एमालेमै फर्किए



पूर्व जनमुक्ति सेनाका प्लाटुन कमान्डर एमालेमा प्रवेश,दुई जनप्रतिनिधी एमालेमै फर्किए

सल्यान, १४ असोज । पूर्व जनमुक्ति सेनाका प्लाटुन कमान्डर तथा नेपाल कराते महासंघ अन्तर्राष्ट्रिय रेफ्री चित्र बहादुर राना नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले केन्द्रीय सदस्य तथा सल्यान क बाट प्रदेशसभा सांसद गुलावजंग शाहले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले गरेको दश वर्षे युद्धमा पूर्व जनमुक्ति सेनाको प्लाटुन कमान्डरका रुपमा रहेका उहा नेकपा माओवादी केन्द्र बागचौर नगर कमिटीका सदस्य रहेका थिए ।

नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका सल्यानका दुई जना वडा सदस्यहरु नेकपा एमालेमै फर्किएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका –१२ का वडा सदस्य जोत बहादु बुढा र जोखे विकले भ्रममा पारी समाजवादीमा सनाखत गराएको भन्दै आफुँहरु एमालेमा रहेको विज्ञप्ती मार्फत जानकारी गराए । विहिवार संयुक्त विज्ञप्ती जारी गर्दै उनीहरुले विभिन्न भ्रममा पारी समाजवादीमा सनाखत गर्न लगाएको भएपनि आफुहरु एमालेमै भएको जानकारी गराएका छन् ।

नेकपा एमाले बनगाड कुपिण्डे नगर कमिटीले पनि उनीहरु एमालेमै फर्किएको जनाएको छ । नगर कमिटी अध्यक्ष गञ्जमान बुढा र सचिव विनायक केसीले विहिबार संयुक्त रुपमा विज्ञप्ती जारी गरी दुई वडा सदस्यहरु नेकपा एमालेमै पर्किएको जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे