चालु आर्थिक वर्षको दुई महिनामै दुई खर्ब ७० अर्ब ४७ करोड रुपैयाँ बराबरको व्यापार घाटा



चालु आर्थिक वर्षको दुई महिनामै दुई खर्ब ७० अर्ब ४७ करोड रुपैयाँ बराबरको व्यापार घाटा

काठमाण्डाै ९ असाेज ।  चालु आर्थिक वर्षको दुई महिनामै दुई खर्ब ७० अर्ब ४७ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । गएकाे वर्षको २ महिनामा नेपालले एक खर्ब ५८ अर्ब ४० करोड ३२ लाख रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको थियो । भन्सार विभागका अनुसार गएकाे वर्षको २ महिनाको तुलनामा व्यापार घाटा ७० दशमलव ७५ प्रतिशतले हो ।

आयातसँगै निर्यातमा वृद्धि भएको छ । भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ७५ दशमलव ८६ र निर्यातमा १ सय १५ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ । तथ्याङ्कअनुसार दुई महिनामा ४४ अर्ब तीन करोड ९५ लाख ९१ हजार रपैयाँ बढीको स्वदेशी वस्तुको निर्यात भएको छ भने तीन खर्ब १४ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ ।

सबैभन्दा धेरै आयात भारतबाट भएको छ । भारतबाट एक खर्ब ८७ अर्ब ७१ करोड ८० लाख ४५ हजार रुपैयाँ बराबरको आयात भएको छ । भारतपछि ठूलो मात्रामा चीनबाट ४२ अर्ब ८४ करोड ७५ लाख रुपैयाँ बराबरको आयात भएको छ । २ महिनामा भारतमा ३६ अर्ब १७ करोड ४३ लाख र चीनमा  १५ करोड ८० लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे