कांग्रेस महाधिबेशनमा राप्ती, शान्तिनगर र बंगलाचुलीमा सर्वसम्मत रुपमा नेतृत्व चयन



कांग्रेस महाधिबेशनमा राप्ती, शान्तिनगर र बंगलाचुलीमा सर्वसम्मत रुपमा नेतृत्व चयन

दाङ ८ असोज । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत दाङका दश पालिकाहरु मध्य तीन वटा गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । लुम्बिनी प्रदेशको राजधानीको केन्द्र तोकिएको राप्ती गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । सभापतिमा विद्याशरण चौधरी , उपसभापतिमा श्यामा रावत र गिरिराज भुषाल, सचिवमा तीर्थराज ज्ञवाली र चैन कुमार चौधरी, सहसचिवमा लक्ष्मण आचार्य र शिरबहादुर कार्की सर्वसम्मत चयन भएकाे मतदान अधिकृत संजयकुमार केसीले जानकारी दिएका  छन् ।

यस्तै पश्चिम दाङको शान्तिनगर गाउँपालिकाको सभापतिमा झलक केसी सर्वसम्मत चयन भएका छन । केसी तुलसीपुर बजारमा ब्यापार ब्यबसाय गर्दै आएका ब्यक्ति हुन । केसी काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीका प्यालनबाट गाउँपालिकामा उम्मेदवारी दिएको भएपनि सर्वसम्मत रुपमा उक्त पदमा निर्वाचित भएका हुन ।

प्रतिपर्धी फर्शाराम डाँगीले केसीलाई समर्थन गर्दै उम्मेदवारी नदिने निर्णय शुक्रबार नै गरेपछि त्यहाँ सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न संभब भएको स्रोतले बताएको छ । डाँगी शान्तिनगर २ का वडाध्यक्ष पनि हुन ।

उपाध्यक्षमा द्रोर्ण केसी र लालबहादुर बुढाथोकी सर्वसम्मत भएका छन् । तर, शुक्रबार बेलुका साढे ६ बजेसम्म सचिव पदमा भने तीन जना आकाँक्षी बनेको हुँदा सर्वसम्मत बनाउने प्रयास जारी रहेको स्रोतले बताएको छ ।

त्यस्तै घोराही उपमहानगरपालिकाको उत्तर पहाडी भूभागमा पर्ने बंगलाचुली गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । सभापतिमा जागेश्वर अधिकारी, उपसभापतिमा इन्द्रमणि वली र द्रोर्ण खत्री, सचिव वलदेव मल्ल र चेतबहादुर डाँगी, सहसचिवमा गणेश बिक, केयरसिह गाहा मगर सर्वसम्मत चयन भएका छन ।

जिल्लाको दश पालिका मध्य सबै भन्दा तुलसीपुर उपमहानगरपालिकाको निर्वाचनले चर्चा पाएको छ । तुलसीपुर एउटा प्यालनबाट सभापतिमा सुरेश हमाल र अर्को प्यालनबाट अनिल कार्कीको टिमले शुक्रबार मनोनयन दर्ता गराएको छ । यहाँ झन्डै वडा प्रतिनिधि र वडा सभापति समेत गरि ५ सय ९५ जना मतदाता रहेका छन् ।

त्यस्तै घोराही उपमहानगरपालिकामा सभापति पदका लागि एउटा टिमबाट तिलक रावत र अर्कौ टिमबाट निरज गिरीको टिमले मनोनयन दर्ता गराएको छ । त्यस्तै लमही नगरपालिकामा सभापति पदमा एउटा टिमबाट शिबप्रसाद चौधरी र अर्को टिमबाट सन्तोष बुढाथोकीको समुहले मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै तुलसीपुर पश्चिमको दंगीशरण गाउँपालिकामा सभापति पदका लागि एउटा टिमबाट शम्भु गिरी र अर्कौ टिमबाट हर्कबहादुर बुढाथोकीले मनोनयन दर्ता गराएका छन् । दाङको सबैभन्दा पश्चिमको बबई गाउँपालिकामा सभापति पदमा एउटा टिमबाट प्रकाश बस्नेत र अर्कौ टिमबाट पर्शाराम भुषाल नेतृत्वको टिमले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै देउखुरीको गढवा गाउँपालिकामामा पनि दूई टिमले उम्मेदवारी दिएका छन् । यहाँ सभापतिमा एउटा टिमबाट कृष्णराज पाण्डे र अर्कौ टिमबाट किरण पौडेलले उम्मेदवारी दिएका छन् । सचिव पदमा पुरणप्रसाद चौधरी र पोषणराज शर्मा, ओमप्रकाश बतसेल र मधुसुदन शर्माको उम्मेदवारी परेको छ । गढवामा पनि अन्य सबै पदहरुमा भने सर्वसम्मति भइसकेको छ ।

यो खबर तयार तयार पार्दासम्म गढवा गाउँपालिकामा पनि सबै पदहरुमा सर्वसम्मतिको प्रयास जारी रहेको स्रोतले जानकारी दिएको छ । शुक्रबार विहान साढे ११ बजे देखि दिउँसो साढे १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत शनिबार नगर र गाउँपालिकामा नेतृत्व चुन्न मतदान हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे