देउखुरीकाे राप्ती गाउँपालिकाका सम्पूर्ण विद्यालयहरू १५ दिनका लागि बन्द हुने



देउखुरीकाे राप्ती गाउँपालिकाका सम्पूर्ण विद्यालयहरू १५ दिनका लागि बन्द हुने

सन्ताेषकुमार गुप्ता, भालुवाङ २९ असोज ।

दाङमा कोरोना भाइरस ( कोभिड १९) को संक्रमण तिव्र गतिले बढीरहेको हुँदा विद्यालय क्षेत्रमा पनि संक्रमण फैलिन सक्ने र चार्डपर्वहरू समेत नजिकिदै गरेकाले राप्ती गाउँपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत सम्पुर्ण विद्यालय बन्द हुने भएका छन् ।

बैकल्पिक शिक्षा अन्र्तगत गाउँपालिकाले गएको असोज ११ गते देखी बिद्यार्थी सिकाई सहजीकरण मार्फत पठनपाठन सन्चालन गरिरहेको र पछिल्लो समय विद्यालयमानै स्वास्थ्य मापदण्ड पुरा गरि पठनपाठन भइरहेको अवस्थामा गाउँपालिकाको वडा तथा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको अवस्था र नजिकिदै गरेको चाडपर्वको सन्दर्भ भएकाले कोजाग्रत पुर्णिमा सम्म सम्पुर्ण बिद्यालयमा विदा दिने निर्णय भएको शिक्षा शाखा अधिकृत विकले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे