सिसहनियाँ– करङ्गेकाेट जाेड्ने माेटर बाटाे भाँसियाे



सिसहनियाँ– करङ्गेकाेट जाेड्ने माेटर बाटाे भाँसियाे

सिसहनियाँ २ असाेज । लुम्बिनी प्रदेशकाे स्थायी राजधानी राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ बजार देखि करङ्गेकाेट जाेड्ने कच्ची माेटर बाटाे भाँसिएकाे छ। लगातारकाे वर्षाले बाटाे भासिएपछि त्यस क्षेत्रमा पुर्णरुपमा यातायातका साधन बन्द भएकाे छ।

यातायातका साधन बन्द हुँदा त्यस क्षेत्रबाट सिसहनियाँ बजार आवत जावत गर्ने सयाै जनताले सास्ती व्यहाेर्नुका साथै उपचारका लागि सिसहनियाँ आउने बिरामीहरु थप समस्यामा पर्ने गरेका छन् । यस तर्फ सम्बन्धित निकायले तत्काल ध्यान दिनु जरुरी रहेकाे स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे