दाङको भालुवाङमा लुम्बिनी प्रदेश सरकारकाे सम्पर्क कार्यालय खुल्ने



दाङको भालुवाङमा लुम्बिनी प्रदेश सरकारकाे सम्पर्क कार्यालय खुल्ने

कार्यालयका लागि आवश्यक पूर्वाधार तयार पार्न पर्यटन तथा सहरी विकास मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए।

बैठकले पदक सिफारिस समितिले गरेको सिफारिसअनुसार ५७ जनालाई प्रदेश पदक प्रदान गर्ने निर्णय पनि गरेको छ। असोज ३ गते संविधान दिवसका अवसरमा प्रदेशभित्रका विभिन्न क्षेत्रमा योगदान पु¥याउने ५७ जनालाई प्रदेश सरकारको तर्फबाट कदर तथा सम्मानस्वरुप प्रदेश पदकद्वारा विभूषित गर्ने निर्णय गरिएको हो। यी पदक फागुन ३ मा प्रदेश स्थापना दिवसमा प्रदान गरिने छ।

बैठकले साविक मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको सट्टा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका नाममा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता खड्काले बताए।

त्यस्तै मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा घर्तीगाउँ रोल्पा निवासी रमेशबहादुर वली क्षेत्रीलाई नियुक्त गरेको छ। बैठकले कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७८ दोस्रो संशोधन स्वीकृत गरेको छ।

प्रदेश सरकारले झिमरुक गाउँपालिकाको गाउँसभाबाट प्राप्त प्रस्तावअनुसार गाउँपालिकाको केन्द्रको नाम भ्यागुतेको सट्टा मच्छी कायम गर्न, त्रिवेणी गाउँपालिकाको वडाहरुलाई थपघट र समायोजन गर्ने, रोल्पा नगरपालिकाको वडाहरुलाई थपघट र समायोजन गर्न संघीय सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको छ। यसैगरी बुटवल उपमहानगरपालिकाको वडाहरुलाई छुट्याउने प्रस्तावलाई समेत संघीय सरकारलाई पठउने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे