रेडियो राप्ती तथा राप्ती टेलिभिजनमा विश्वकर्मा पुजा



रेडियो राप्ती तथा राप्ती टेलिभिजनमा विश्वकर्मा पुजा

भालुवाङ १ असोज । भालुवाङ सञ्चार सेवा प्रालिद्धारा सञ्चालित रेडियो राप्ती तथा राप्ती टेलिभिजनले शुक्रवार विश्वकर्माको पुजा आराधना र औपचारिक कार्यक्रमको आयोजना गरी मनाएको छ ।

सञ्चालक समितिका वरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्कीले विश्वकर्माको पुजा गरी सञ्चालक समितिका पदाधिकारी र कर्मचारीलाई टिका लगाएर आर्शीवाद दिएका थिए । स्टेशन म्यानेजर ओमप्रकाश गुप्ताको अध्यक्षता एवम् सञ्चालक समितिका वरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले मिडिया सञ्चालन गर्न कर्मचारीहरुले मेहनतका साथ काम गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रमुख समाचार बाचिका अंशु बोहराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सञ्चालक समितिका सचिव चन्द्रबहादुर जिसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा सञ्चालक समितिका कोषाध्यक्ष मधुसुदन पौडेल, सदस्य अरविन्द्र शर्मा घिमिरे, लेखा तथा प्राविधिक प्रमुख अरुण पौडेल, कार्यक्रम उत्पादन तथा विज्ञापन शाखा प्रमुख विरेन्द्र गिरी, कार्यक्रम प्रस्तोताहरु हुमा सुनार, मधु मल्ल, रेडियोका शुभचिन्तक सन्दिप अधिकारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सहायक स्टेशन म्यानेजर तथा सहायक समाचार प्रमुख सन्तोषकुमार गुप्ताले गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे