दाङमा बिहिबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जना संक्रमणमुक्त



दाङमा बिहिबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जना संक्रमणमुक्त

दाङ ३१ भदौ । दाङमा बिहिबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ४० जनाको पिसिआर र विभिन्न स्थानिय तहमा १७ जनाको एन्टीजेन परिक्षण गर्दा ७ जना पुरुष र ७ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा घोराहीका ५, गढवाका ४, राप्तीका २, बबई, लमही र तुलसीपुरका १/१ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै आज दाङका ५ जना कोरोना मुक्त भएका छन् ।

कोरोनामुक्त हुनेमा घोराही र लमहीका २/२ जना तथा गढवाका १ जना रहेको केन्द्रले जनाएको छ । बिहिबार थप ५ जना निको भएसँगै दाङमा सकृय बिरामीको संख्या ८० रहेको छ ।

ति मध्ये घरमा ६८ जना, ७ जना आईसियूमा र ५ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ । यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार २७ जना पुगेको छ । ति मध्ये ८ हजार ७ सय ३३ जना निको भएका छन भने २ सय १४ जनाको मृत्युु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे