दाङमा थप १० जनामा कोरोना संक्रमण पुष्टि



दाङमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

दाङ ३० भदौ । आज दाङका ८ जना कोरोना संक्रमित निको हुदा थप १० जनामा संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ३० जनाको पिसिआर र विभिन्न स्थानिय तहमा ३ जनाको एन्टीजेन परिक्षण गर्दा ६ जना पुरुष र ४ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज कोरोना पुष्टि हुनेमा तुलसीपुरका ५ जना, घोराहीका ३, र राप्तीका २ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै आज कोरोनामुक्त हुनेमा घोराहीका ५ जना, तुलसीपुर र लमही र बबईका १/१ जना रहेको केन्द्रले जनाएको छ ।

आज थप ८ जना निको भएसँगै दाङमा सकृय बिरामीको संख्या ७१ रहेको छ । ति मध्य घरमा ५६ जना, १० जना आईसियूमा र ५ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ । यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार १३ जना पुगेको छ । ति मध्य ८ हजार ७ सय २८ जना निको भएका छन भने २ सय १४ जनाको मृत्युु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे