सकरात्मक सोचले मात्र आत्महत्यामा कमी आउँछ : मनोविमर्श कर्ता पौडेल



सकरात्मक सोचले मात्र आत्महत्यामा कमी आउँछ : मनोविमर्श कर्ता पौडेल

भालुवाङ २५ भदौ । कोशिश नेपालका मनोविमर्श कर्ता गणेश पौडेल सकरात्मक सोचाईले मात्र आत्महत्यामा कमी आउने बताएका छन् । ग्लोबल युथ क्लवको आयोजना एवम् राप्ती गाउँपालिका २ नम्बर वडा कार्यालयको सहयोग र कोशिश नेपालको समन्वयमा शुक्रवार राप्ती गाउँपालिका २ बराखुटीमा आयोजित विश्व आत्महत्या दिवसको अवसरमा सञ्चालित आत्महत्या रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रममा मनोविमर्श कर्ता पौडेलले सो कुरा बताएका हुन् ।

साथै उनले आत्महत्या गर्न खोज्ने व्यक्तिको पहिचान गरी उसलाई नरम तरिकाले सम्झाउने र उसलाई हरेक कुरामा साथ सहयोग गर्न सके केहि हद सम्म आत्महत्यालाई रोकथाम गर्न सकिने बताए । विभिन्न कारणले कुनै न कुनै व्यक्तिले आत्महत्या गरिरहेका हुन्छन् तर समाजमा यस सम्बन्धी सचेतना नफैलाउँदा आत्महत्या गर्नेको सख्यामा कमी नआएको बताइएको छ ।

त्यस्तै स्वास्थ्यकर्मी प्रकाश विष्टले मानिसलाई स्वस्थ रहनका लागि खुसी हुनुपर्ने, चिन्ता र तनावलाई मनै देखि हटाउनु पर्ने र राम्रा कुरालाई मात्र ग्रहण गर्न सुझाव दिएका छन् । क्लवका अध्यक्ष रमेश कडेलको अध्यक्षता एवम् राप्ती गाउँपालिका २ नम्बर वडा सदस्य बसन्त नेपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य शिक्षा सचेतना तथा स्वास्थ्य संस्था (हिको) का अध्यक्ष तथा स्वास्थ्यकर्मी प्रकाश विष्ट र कोशिश नेपालका मनोविमर्श कर्ता गणेश पौडेलले गरेका थिए । भने कार्यक्रमको सञ्चालन क्लवका प्रेस संयोजक ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे