देउखुरी पाखापानीका क्यान्सर पिडित पोख्रेललाई अस्ट्रलियाबाट नगद सहयोग प्रदान



देउखुरी पाखापानीका क्यान्सर पिडित पोख्रेललाई अस्ट्रलियाबाट नगद सहयोग प्रदान

भालुवाङ २५ भदौ । दाङ—देउखुरीको राप्ती गाउँपालिका—१ पाखापानी निवासी क्यान्सर पिडित टिका पोख्रेललाई ५४ हजार एक सय रुपैयाँ नगद सहयोग प्रदान गरिएको छ । देउखुरीको राप्ती गाउँपालिका—१ पाखापानी घर भई हाल अस्ट्रलिया बस्दै आउनु भएका त्रिलोकसिंह कार्कीले पठाएको उक्त रकम पिडित क्यान्सर पिडित पोख्रेललाई प्रदान गरिएको हो ।

भालुवाङ सञ्चार सेवा प्रालिद्धारा सञ्चालित रेडियो राप्ती तथा राप्ती टेलिभिजनका बरिष्ठ उपाध्यक्ष एवम् सञ्चार उद्यमी टोपबहादुर कार्कीको कान्छो छोरा त्रिलोकसिंह कार्कीले अस्ट्रलिया बस्दै आएका नेपालीहरुबाट संकलन गरेको र कार्की परिवारले पठाएको उक्त रकममा थप गरेर ५४ हजार १ सय रुपैयाँ रकम पिडित पोख्रेलको निवास पाखापानीमा पुगी प्रदान गरिएको हो ।

उक्त रकम त्रिलोकसिंह कार्कीका बुवा टोपबहादुर कार्कीले क्यान्सर पिडित पोख्रेलको घरमै गई ५४ हजार १ सय रुपैयाँको चेक प्रदान गर्नु भयो । सहयोग रकम प्रदान गर्दै कार्कीले प्रदान गरिएको रकम उपचारमा खर्च गर्न आग्रह गर्नु भएको छ । साथै उहाँले यस्तो बेलाले सबैले आ—आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह समेत गर्नु भएको छ ।

४८ बर्षीय पोख्रेल बिगत एक बर्ष देखि किटनीमा भएको क्यान्सरले थला पर्नु भएको छ । एक बर्ष अघि पोख्रेलको पेटमा समान्य समस्या आउँदा घोराहीको बुद्ध इन्टरनेशनल हस्पिटल प्रालिमा चेकअप गराउँदा कट्नीमा पथ्थरी देखिएको र उक्त पथ्थरीको अप्रेसन बुद्ध हस्पिटलमा गर्न नसक्ने भनि नेपालगञ्ज पठाएको थियो । तर पोख्रेल नेपालगञ्ज जानुको साटो उहाँ काठमाडौको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर पुग्नु भयो ।

त्यहाँ चेकअप गराउँदा पिडित पोख्रेलको कट्नीमा पथ्थरी र टियुमरको समस्या देखियो । त्यसपछि पथ्थरी र टियुमरको अप्रेसन ललितपुरको पाटन अस्पतालमा नै गराउनु भयो । तर त्यसपछि उहाँको किट्नीमा नै क्यान्सर देखियो र हाल उहाँ विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा केमु थेरापी बिधिबाट उपचार भइरहेको गराइरहेको पिडित पोख्रेलले भन्नु भयो ।

ऋणधन गरेर अहिले सम्म १२ लाख बढी खर्च भइसकेको पिडित पोख्रेलले बताउनु भयो । अहिले सम्म विभिन्न संघसंस्था तथा व्यक्तिबाट करिब ६ लाख सहयोग प्राप्त भएको समेत उहाँले बताउनु भयो । उपचारमा अझै कति पैसा खर्च हुने कुनै एकिन भएको पिडित पोख्रेलले भने ।

 

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एमडी डाक्टर गुरुसरन शाहका अनुसार यस्तो रोग हजारौँमा एक जनामा देखिने बताउनु भयो । यता क्यान्सर पिडित पोख्रेलले आर्थिक सहयोग उपलब्ध गराएर आफ्नो जिवन बचाइदिन सबैमा अनुरोध समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे