प्यूठानमा नेपाली काँग्रेस सरुमारानीको सभापतिमा तीन जनाको उम्मेदवारी



प्यूठानमा नेपाली काँग्रेस सरुमारानीको सभापतिमा तीन जनाको उम्मेदवारी

भालुवाङ २५ भदौ । नेपाली काँग्रेसको १४ औँ महाधिबेशन अन्र्तगत प्यूठानको सरुमारानी गाउँपालिका सभापतिमा तीन जनाको उम्मेदवारी दिने घोषणा गरेका छन् । देशभर भदौ २७ गते हुन लागेको पालिकास्तरको अधिवेशनमा नेपाली काँग्रेस सरुमारानीको सभापतिका लागि लक्ष्मण जिसी, नरबहादुर घर्ती र पुष्पराज न्यौपाने(पुंजाली कान्छा)ले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

सभापति पदका उम्मेदवार जिसी नेपाली काँग्रेस प्यूठान जिल्ला सभापति पदका उम्मेदवार शिब रिजालका दाजु समेत हुनुहुन्छ । रिजाल पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउबा गुटका नेता हुनुहुन्छ । त्यस्तै अर्का सभापति पदका उम्मेदवार घर्ती पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोबिन्दराज पोख्रेल निकट मानिनु हुन्छ । उहाँ नेपाली काँग्रेस प्यूठान जिल्ला सभापतिका अर्का उम्मेदवार बिष्णु गिरी गुटका हुनुहुन्छ ।

त्यस्तै अर्का नेपाली काँग्रेस सरुमारानी गाउँपालिका सभापतिका उम्मेदवार पुष्पराज न्यौपाने तरुण दल जिल्ला कार्यसमिती प्यूठानका सह—सचिव हुनुहुन्छ । उहाँ युवाहरुको मन जित्न सफल एक व्यवसायी पनि हुनुहुन्छ । उहाँँ सरुमारानी गाउँपालिकाको सभापतिका लागि युवाहरुका साझा उम्मेदवार समेत रहनु भएको छ । सबै नेता, कार्यकर्ता र जनताहरु संग सहकार्य गर्दै आउनु भएका युवा नेता न्यौपानेले सबैलाई समेटेर एकताबद्ध कायम गरी सबैलाई सम्मान हुने गरी पार्टीलाई अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

अरु उम्मेदवारहरु नेताहरुको आर्शीबादबाट समापति हुन खोजेको तर आफू जनता र कार्यकर्ताहरुको घरदैलोमा पुगि दुख, सुखमा निरन्तर साथ दिंदै आएको बताउँदै सभापति पदका उम्मेदवार न्यौपानेले आफू जनता र कार्यकर्ताको लोकप्रिय भएकोले अत्याधिक मतले बिजय हुने दाबी समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे