देउखुरीकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु



देउखुरीकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु

लमही १९ भदाै । दाङमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कोरोना अस्पताल बेलझुण्डीमा उपचाररत लमही नगरपालिका ९ निवासी २४ वर्षिय एक जना महिलाको आज शनिबार बिहान साढे ४ बजेतिर मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

उनी यहि भदौ १० गतेदेखि अस्पतालमा उपचाररत थिइन् । साथै उनलाई निमोनियासंगै श्वासप्रश्वासको समेत समस्या रहेको थियो । यसैबिच, हाल अस्पतालमा ७ जना कोरोना संक्रमित उपचाररत रहेको व्यवस्थापक वलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे