विवेकशील साझाका अध्यक्ष र संयोजकद्धारा छट्टाछुट्टै केन्द्रीय समिति बैठक आह्वान



विवेकशील साझाका अध्यक्ष र संयोजकद्धारा छट्टाछुट्टै केन्द्रीय समिति बैठक आह्वान

काठमाण्डौ १७ भदौ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले छट्टाछुट्टै केन्द्रीय समितिको बैठक बोलाएका छन् । केही समय अघि अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रहको प्रस्ताव अगाडि सारेसँगै पार्टी भित्र टकराव बढेको छ ।

त्यसै क्रमका दुई अध्यक्षले बिहिवार छट्टाछुट्टै केन्द्रीय समितिको बैठक आह्वान गरेकाे छ । अध्यक्ष मिश्रले दिउँसो साढे १२ बजे बैठक बोलाएपछि संयोजक पाण्डेले त्यसअघि नै बिहान ११ बजेका लागि बैठक बोलाएकाे छ । भर्चुअल रुपमा हुने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने विषयमा कुरा नमिलेपछि बेग्लाबेग्लै बैठक राखिएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे