कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट, उपस्थित नहुनेले अर्को मौका नपाउने



कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट, उपस्थित नहुनेले अर्को मौका नपाउने

काठमाण्डौ, १७ भदौ । कक्षा १२ को परीक्षा आउँदो ३० गतेबाट सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधवार बसेको बैठकले भदौ ३० देखि असोज ८ गतेसम्म भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

बोर्डले तालिका सार्वजनिक गर्दै आउँदो ३० गतेदेखि कक्षा १२ को साधारण, प्राविधिक विषयसँगै ग्रेडवृद्धि एवंम् आशिंक परीक्षा लिने जनाएको हो । परीक्षा सम्बन्धित विद्यालयमै हुने र सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरिने बोर्डले निकालेको परीक्षा तालिकामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे