बलात्कार गरेको अभियोगमा दाङबाट दुई जना पक्राउ



बलात्कार गरेको अभियोगमा दाङबाट दुई जना पक्राउ

देउखुरी टुडेकर्मी, दाङ २८ असोज ।

बलात्कार गरेको अभियोगमा दाङबाट दुई जना पक्राउ गरेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ रानीजरुवा निवासी १७ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा दूई जना किशोर पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा तुलसीपुर ५ कै १८ वर्षीय विष्णु बुढाथोकी र तुलसीपुर–७ निवासी १८ वर्षका करण सार्की रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारीदिएका छन् । उनीहरुले यहि २२ गते रानी जरुवामा नै एक रित्तो घरमा ति किशोरीलाई बलात्कार गरेको जनाइएको छ । ति दुबै जनालाई गएराती राति तुलसीपुर क्षेत्रवाटै पक्राउ गरी थप अनुसन्धान भइरहेको डिएसपी सिंहले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे