देशभर मंगलबार थप २,५२५ जनामा काेराेना संक्रमण पुष्टि, २,०८६ जना संक्रमण मुक्त, ३५ जनाकाे मृत्यु



देशभर मंगलबार थप २,५२५ जनामा काेराेना संक्रमण पुष्टि, २,०८६ जना संक्रमण मुक्त, ३५ जनाकाे मृत्यु

काठमाण्डाै ८ भदाै ।  देशभर मंगलबार थप २ हजार ५ सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ९ सय ९ जनाको पीसीआर र ४ हजार १ सय ९ जनाको एन्टिजेन गरी १४ हजार ८ सय १० जनाको नमुना परीक्षण गर्दा २ हजार ५ सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार नमुना परीक्षण गरिएका नमुनामध्ये १७ दशमलव शून्य चार प्रतिशतमा सङ्क्रमण पुष्टि भएकाे हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ३१ हजार नौ सय ६८ पुगेको छ ।

यस्तै थप दुई हजार ८६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख दुई हजार एक सय ८३ पुगेको छ । यही अवधिमा थप ३५ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार पाँच सय ६८ पुगेको छ ।

अहिले नेपालमा ३८ हजार २ सय ५० जना सक्रिय सङ्क्रमित रहेकामा ६ सय २० जनाको आईसीयू र १ सय ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे