गढवा गाउँपालिकाको सबै वडाहरुमा स्वास्थ्यको पहुुँच बढ्दै



गढवा गाउँपालिकाको सबै वडाहरुमा स्वास्थ्यको पहुुँच बढ्दै

शिबराज पन्थी, गढवा २८ असोज । देउखुुरीको गढवा गाउँपालिकाले सबै वडाहरुमा स्वास्थ्य सेवाको पहुुँचलाई बिस्तार गर्ने भएको गाउँपालिका अध्यक्ष सहजराम यादवले बताएका छन् । यो संगै स्वास्थ्यको पहुुँचमा गढवा गाउँपालिकाले फड्को मार्दै गरेको स्वास्थ्य संयोजक कैलाश चौधरीले जानकारीदिएका छन् । सर्पको टोकाईबाट बर्षेनी अकालमै धेरै नागरिकहरुको ज्यान गएको र सर्पदंश उपचार केन्द्र स्थापनाको माग गर्दै गएको तिजमा महिलाहरुले गित गाएको र रेडक्रसले नाटक प्रस्तुुत गरेको शब्द, दृश्याभावबाट प्रभावित भएर सेनाको टुुकडी सहित उपचार हुुने गरी १ करोडको लागतमा सर्पदंश उपचार केन्द्रको भवन तथा नेपाली सेना बस्ने ट्रस्ट भवन निर्माण भै सकेको र सेवा सुचारु भएको गाउँपालिकाले जनाएको छ ।

सो को लागि आवश्यक पाँच लाख बराबरको इक्युुप्मेण्ट नेपाल रेडक्रसको इन्कोर परियोजनाले प्रदान गर्ने भएको छ भने आम्दा नेपालको परियोजनाले पनि भेण्टिलेटर सहयोग गर्ने बताएको छ । गढवा तथा गोबरडिहाको स्वास्थ्य चौकीमा नागरिकको स्वास्थ्य पहुुँच बढाउन गाउँपालिकाले करार सेवामा एक जना मेडिकल अधिकृत (एमबिबिएस) डाक्टर राखेर सेवा प्रवाह गरेको छ बिगतमा सर्पदंशका बिरामीहरुलाई एम्बुुलेन्स सेवा वापत बढीमा ४ हजार सम्म प्रदान गर्दे आएको छ । यस बर्ष देखि गढवामै सर्पदंश उपचार केन्द्र स्थापनाभै संचालनमा आएको छ । भने स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन कोइलाबासमा यस बर्ष देखि एम्बुुलेन्स सेवा तथा कोरोना भाइरसको चेकजाँच हेल्थडेस्क राखिएको पाइएको छ भने नेपाल सरकारले प्रदान गर्दै आएको सुुत्केरी पोषण भत्तामा गाउँपालिकाले रु ३१ सय थपगरी ४ हजार पुुगाएको छ ।

गाउँपालिकाले नेपाल सरकारको निति बमोजिम प्रत्येक वडाहरुमा स्वास्थ्य चौकी संचालन गर्न स्वास्थ्यकर्मीहरुको समेत ब्यवस्थापन गरिसकेको बताएको छ । भने स्वास्थ्य चौकी भवनहरुको यस बर्ष देखि क्रमशः निर्माण प्रकृया सुुरु भएको जनाएको छ । गोबरडिहामा रहेको आर्युुबेद सेवाकेन्द्र ब्यवस्थीत गरिदै छ भने सिपि नेपालसंगको समन्वयमा बिभिन्न स्वास्थ्य चौकीहरुमा सिकलसेल एलिमियाको जाँच ल्याब राखिएको छ । यसैगरी आम्दा नेपालसंगको सहकार्यमा पालिकाभर मातृशिसुु स्वास्थ्य परियोजना मार्फत स्वास्थ्य सचेतना, सामुुदायिक स्वास्थ्य इकाई भवन, गाउँघर क्लिनीक र खोप केन्द्रका भवनहरु बनाइन थालेको छ भने परियोजनाले १४ लाख बढिका स्वास्थ्य सामाग्रीहरु स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराएको छ ।

स्वास्थ्य संस्थामा सुुत्केरी हुुने महिलाहरुलाई निःशुुल्क एम्बुुलेन्स सेवा दिएको, गढवा, गंगापरस्पुुर र गोबरडिहामा ल्याब प्रयोगशाला संचालन गरेको, ६४ जना स्वास्थ्यकर्मी सहित ८३ जना महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य सेवाको क्षेत्रमा काम गरिरहेको र सरकारले उपलब्ध गराएका ३८ प्रकारका औषधीहरु स्वास्थ्य चौकी मार्फत निःशुुल्क वितरण गरिरहेको स्वास्थ्य शाखाले जनाएको छ ।
यत्ति मात्र होइन गढवा गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा फड्को मार्दैगर्दा मुुटुु,क्यान्सर, सिकलसेल, बे्रनट्युुमर, ब्लडक्यान्सर र मृगौला जस्ता १० प्रकारका कडा रोग लागेका पालिका क्षेत्र भित्रका बिरामीहरुलाई पर्चा र कागजातका आधारमा १० हजार सम्म नगद उपचार सहयोग र एकलाख सम्मको निःशुुल्क सिफारिस गर्दै आएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिएका छन् ।
यसैगरी गाउँपालिकाले चिमचिमे, खबरीखुटी, मुुसीनाका, कोइलाबासको खबरीनाका, सुुपैला, मानपुुर, चन्दनपुुर लगायतका बिकट क्षेत्रहरुमा गाउँघर स्वास्थ्य क्लिनीक, सामुुदायिक स्वास्थ्य इकाई र खोप केन्द्रहरु संचालन गरेर नागरिकहरुको स्वास्थ्य समृद्धिका लागि काम गरिरहेको र बर्षमा कम्तिमा २ स्थानहरुमा बृहत स्वास्थ्य शिविर संचालन गर्दै आएको र यसबर्ष पनि स्वास्थ्य शिविर राख्ने कार्यक्रम रहेको स्वास्थ्य संयोजक कैलाश चौधरीले जानकारी दिएका छन् ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि बिगतमा गाउँपालिकाले सबै बिद्यालयहरुमा क्वारेण्टाइन स्थापना गरि संचालन गरेको थियो भने हाल गोबरडिहामा एउटा क्वारेण्टाइन संचालन गरिरहेको छ । क्वारेण्टाइनमा रहेका नागरिकहरुको पिसिआर चेक गर्ने र पोजेटीभ देखिएकाहरुलाई आइसुलेशनमा पठाउने गरिरहेको पाइएको छ भने हाल देउखुरीका चारवटै स्थानीय सरकारको पहलमा राप्ती प्राविधिक शिक्षालयमा आइसुलेशनको ब्यवस्थापन गरि गढवा गाउँपालिकाले आवश्यक स्वास्थ्यकर्मि सहित एकजना मेडिकल अधिकृत खटाएर सेवा प्रवाह गरेको पालिकाले जनाएको छ । कोरोना रोकथाम नियन्त्रण ब्यवस्थान र प्रतिकार्यका लागि पालिकाबाटै रकम बिनियोजन गरेर काम गरिरहेको पाइएको छ भने रेडक्रस तथा युनिसेफ नेपाल संगको सहकार्यमा क्वारेण्टाइन ब्यवस्थापन र स्वास्थ्य सामाग्री प्रदान गर्ने कार्यलाई पनि निरन्तरता दिएको पाइएको छ । यसै गरि नेपाल सरकारको अबधारणा बमोजिम कोभीड बिशेष अस्पताल बनाउने प्रकृयाका लागि कर्मचारी छनोट प्रकृया अगाडी बढाएको पनि गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे