लुम्बिनी प्रदेश सभाकी सांसद बिमला वली बिरूद्ध अंश मुद्दा दर्ता



लुम्बिनी प्रदेश सभाकी सांसद बिमला वली बिरूद्ध अंश मुद्दा दर्ता

बुटवल ७ भदौ । लुम्बिनी प्रदेश सभाकी सांसद विमला वली खत्रीविरुद्ध अंश मुद्दा परेको छ । सांसद वलीका दुई छोराहरू प्रणय वली (१२ वर्ष) र दिवाकर वली (९ वर्ष) का तर्फबाट साइलो बुबा अमरबहादुर वलीले जिल्ला अदालत दाङमा अंश मुद्दा दर्ता गरेका हुन् ।

दाङ जिल्ला अदालतका श्रेष्तेदार धनसिंह गिरीले दाङ जिल्ला दंगीशरण गाउँपालिका-६ लेटारका अमरबहादुर वलीले सो निवेदन दर्ता गरेको जानकारी दिए । श्रेष्तेदार गिरीका अनुसार ३ भदौमा पेस भएको उक्त मुद्दाको दर्ता नम्बर ०७३ (०७८/००३६२) रहेको छ ।

वलीबाट नाबालक छोराहरूको सम्पत्तिको हिनामिना हुने अवस्था आएकाले उक्त सम्पती संरक्षण र नाबालकहरूको अधिकारको संरक्षण गर्नु अभिभावकको दायित्व भएको अदालतमा दर्ता भएको निवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे