नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक



नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

दाङ ७ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ । जर्सीको प्रायोजक खोज्ने जिम्मा पाएको एड प्याडले खुल्ला आवेदनबाट क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको हो ।आदर्श पोखरेलले डिजाइन गरेको जर्सीलाई नेपाली क्रिकेट टिमको नयाँ जर्सीका लागि फाइनल गरिएको हो ।

नयाँ जर्सीलाई माइ सेकेण्ड टिचर्सका सहप्रमुख शुलभ बुढाथोकी र नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले सार्वजनिक गरेका हुन । जर्सीको डिजाइनको विजेताले पनि एक लाख रुपैयाँ पुरस्कार पाएका छन । जर्सीमा नेपाली सस्कृती झल्किने गरेर डिजाइन गरिएको बताइएको छ । नेपालको राष्ट्रिय झण्डाको रंङमा जर्सीको डिजाइन गरिएको छ । भारतीय टिमको जर्सी बनाउने कम्पनीले यो जर्सीलाई बनाएको बताइएको छ ।

कार्यक्रममा नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको भने उपस्थिती रहेको थिएन । काठमाडौंमा भएको सिरिज अघि नयाँ प्रायोजकसहितको जर्सी सार्वजनिक हुँदा धेरैले त्यसमा असन्तुुष्टि जनाएपछि नेपाल क्रिकेट संघ क्यानले जर्सीको प्रायोजक खोज्ने जिम्मा लिएको एडप्याडले समर्थकहरुबाट खुल्ला प्रतिस्पर्धा गराई नयाँ जर्सीको डिजाइन मगाएका थिए । जसमा ५०० बढीको डिजाइन प्राप्त भएकोमा त्यसबाट एउटा डिजाइन फाइनल गरिएको हो ।

डिजाइन फाइनल भएर जर्सी पनि तयार रहेको र उक्त जर्सी मंगलबार ओमान जाने नेपाली टिमले लगाउने छ । जर्सीको अन्तिम टुंगो लगाउनका लािग क्यानले बोर्ड सदस्य छुम्बी लामा, जनरल म्यानेजर रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र माइसेकेण्ड टिचरबाट आशिष सिग्देल रहेको चार सदस्यीय समिति गठन गरेको थियो । आइसीसीको गाइडलाइन अनुसार नै नयाँ जर्सी डिजाइन भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे