लोकतन्त्र र संविधानको रक्षाका लागि वर्तमान सरकारले अध्यादेश ल्याएको हाे : रसाईली



लोकतन्त्र र संविधानको रक्षाका लागि वर्तमान सरकारले अध्यादेश ल्याएको हाे : रसाईली

लमही ७ भदौ । नेपाली काङग्रेसका युवा नेता तथा संघिय सांसद प्रकाश स्नेही रसाइलीले लोकतन्त्र र संविधानको रक्षाका लागि वर्तमान सरकारले अध्यादेश ल्याएको बताएका छन् । नेपाली काङग्रेसका आमन्त्रित कन्द्रीय सदस्य तथा पुर्व सांसद कृष्ण किशोर घिमिरेको आमाको निधनमा श्रद्धान्जली दिन दाङ आएका रसाईलीले लमहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

पुर्व प्रधानमन्त्री केपि शर्मा वलीले ल्याएको अध्यादेश सत्ता जोगाउनका लागि भएको बताउँदै वर्तमान सरकारले ल्याएको अध्यादेश संबिधान जोगाउनका लागि भएको सांसद रसाइलीले बताए । अहिले सरकारले ल्याएको अध्यादेशले परिवर्तनकारी शक्तिहरु एक जुट हुन र लोकतन्त्रको लागि लडेका दलहरुलाई दलबिहिन हुनबाट बचाएको बताउँदै भुलेर हिजो प्रतिगमनको पक्षमा उभिएका दलका नेतालाई पनि परिर्बतनको बाटोमा आउन फाईदा पुगेको उनको भनाई छ ।

नेपाली कांग्रेसको आसन्न महाधिबेशन समयमा सम्पन्न गर्नुमा अर्को विकल्प नभएकोले कृयाशिल सदस्यताको बिबाद छिट्टै किनारा लाग्ने र महाधिबेशन समयमै हुने जिकिर गरे । साथै उनले अब नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट ८० प्रतिशत युवाहरुले काङग्रेस पार्टिको नेतृत्व गर्ने पनि उनको तर्क छ ।

एमसीसीको बिषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै उनले नेपालको संविधान, कानून र राष्ट्रियतामाथि आघात पर्ने गरि सरकारले एमसीसी पास नर्गेने तर राष्ट्रियता विपरित रहेका बुँदाहरुको संसोधन र परिमार्जन सहित एमसीसी पास हुन सक्ने बताए । पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण पत्रकार प्रिया स्मृती गजमेरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे