लुम्बिनी प्रदेश सरकारको १ अर्ब ३२ करोड बढी रकम बेरुजु



लुम्बिनी प्रदेश सरकारको १ अर्ब ३२ करोड बढी रकम बेरुजु

बुटवल ५ भदौ । लुम्बिनी प्रदेश सरकारको बेरुजु रकम एक अर्ब ३२ करोड रुपैयाँ बढी पुगेको छ । ३९ अर्ब ६४ करोड ७८ लाख रुपैयाँको लेखा परीक्षण हुँदा ९४ करोड ७४ लाख ८५ हजार रुपैयाँ बेरुजु देखिएको महालेखा परीक्षकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७६÷७७ सम्म प्रदेशको बेरुजु रकम ९४ करोड ७३ लाख ४२ हजार रहेकामा गएको आर्थिक वर्षमा सबैभन्दा धेरै बेरुजु देखिएको हो । प्रदेशको कुल बेरुजुमध्ये २० करोड ४८ लाख २६ हजार रुपैयाँ पेस्की बेरुजु रहेको छ भने पेस्कीबाहेक ८७ करोड ५८ लाख १४ हजार रुपैयाँ बेरुजु छ ।

पेस्कीबाहेक प्रदेशको बेरुजु २.२१ प्रतिशत हुँदा प्रदेशको कुल बेरुजु २.३९ प्रतिशत छ । प्रदेशमा गत वर्ष ५७ करोड ३६ लाख ७१ हजार रुपैयाँको सम्परीक्षण गरिएको र ३७ करोड ३६ लाख ७१ हजार रुपैयाँको सम्परीक्षण गर्न बाँकी रहेको महालेखाको प्रतिवेदनमा छ ।

प्रदेशगत हिसाबले धेरै बेरुजु हुने प्रदेशमध्ये लुम्बिनी चौथो नम्बरमा रहेको छ । सबैभन्दा बढी प्रदेश २ मा ४.४३ प्रतिशत बेरुजु देखिएको छ भने सबैभन्दा कम बागमती प्रदेशको १.२८ प्रतिशत छ । गण्डकीको १.४९ प्रतिशत,सुदूरपश्चिमको १.६१ प्रतिशत र प्रदेश १ को २.६३ प्रतिशत बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे